बाँस्कोटाकाे विषयमा सरकारले छानबिन गर्छ : गृहमन्त्री थापा

काठमाण्डाै। गृहमन्त्री रामबहादुर थापाले निवर्तमान सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्ध छानबिन हुने बताएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसनको डिल गरिरहेको अडियो सार्वजनिक भएपछि बिहीबार राजीनामा दिएका बाँस्कोटाविरुद्ध सरकारले छानबिन गर्ने गृहमन्त्री थापाको भनाइ छ ।

‘बाँस्कोटाजीले नैतिकताका आधारमा राजीनामा दिनुभएको छ,’ वाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न हेटौंडा आएका थापाले सञ्‍चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘यो विषयमा सरकारले आवश्यक छानबिन गर्नेछ । उनको विरुद्ध सरकारका विभिन्न निकायले आवश्यक अनुसन्धान गर्नेछ ।

’नेकपा सचिवालय बैठकमा पार्टीबाट पनि छानबिन हुनु पर्ने माग उठिरहेको बेला सचिवालय सदस्य रहेका थापाले बाँस्कोटाविरुद्ध सरकारका निकायले मात्रै छानबिन गर्ने बताएका छन् ।