सम्पतीको स्रोत खोज्दा किन रिसाउछन प्रधानमन्त्री ओली ? (भिडियोसहित)
काठमाडाैँ, भर्खरै मात्र ७० कराेडकाे बिवादमा तानीएका तत्कालीन संचारमन्त्री गोकुल बास्कोटालाई स्थाई समितिको बैठकमा समेत बचाउ गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले बालकोटका २ वटै घर बास्कोटालाई प्रयोग गर्न दिएका छन । त्यहि घरको आर्थीक स्रोत अपारदर्शी रहेको जानकारहरु बताउछन ।
आफनो सम्पतीको स्रोतको बारेमा कुरा हुदा ओली झनक्क रिसाउने गरेका छन । केहि समय पहिले हिमालय टेलिजिनको यक्ष प्रश्न कार्यक्रममा पत्रकार नारायण पौडेलसंग कुरा गर्दै प्रधानमन्त्री ओली जंगिएका छन । पत्रकार पौडेलको सम्पतीको स्रोतबारे प्रश्नमा ओलीले रिसाएर उत्तर दिएका छन ।
पत्रकार पौडेलले सम्पतीको बिषयमा प्रश्न सोध्छन । तपाइ सुकुम्बासी अबस्थामा पुगेको झापामा सुकुम्बासीको घरमा गएर बस्ने गरेको भन्ने सुनिन्छ तर पछिल्लो चरणमा घर,घडेरी गाडी सबै जोडनु भएको छ यसको आयस्रोत के हो ? हिहिहि हास्दै ओली भन्छन ।
ओली भन्छन एउटा कुरा त म सुकुम्बासीको स्थीतीमा पुगेको र आफन्तको घरमा गएर बसेको हेन पनि हैन । म २५ सालमा पुर्णकालिन भएको हुँ । अलिबढि यातयात हिसाबले सुगम ठाउँमा गएर बस्नु पर्यो । तपाइले संकेत गर्नु भएको साथीको घरमा गएर बस्या हो । मलाइ बदनाम गराउनेहरुले भनेका हुन । उनि थप्छन पिएलाई जापानीज गाडि चढाएर म इन्डियन गाडि चढछु भन्ने जस्तो तमासा गर्नु पनि छैन । मलाई खाना लाउन पुगेकै छ ।
आयस्रोत नभएर प्रोपटी कसरी आँउछ ? म कमिसन खान्न भ्रष्टचार गर्दिन । आयस्रोत नभए कसरी हु्न्छ । कोहि साथीले गाडि चलाउन दिएको छ । कोहि साथीले दिदैमा म भ्रष्टचारी ठान्दिन । मैले लाइसेन्स दिलाइदिएको हैन । सहयोग गरेकोमा दिएका हुन ।
भिडियो…
प्रधानमन्त्री केपी शर्मा आेलीको आत्मबल बारे । त्यसबखत उहाँ पार्टी अध्यक्षमात्र हुनुहुन्थ्यो ! सँविधानको चटारो , पार्टीको आन्तरिक मामिलाको ब्यबश्थान ।आफ्नै बिमारबिरुद्धको मोर्चाबन्दी । हातमा पट्टीसहित ओलीजी अन्तरबार्तामा बस्नुभयो ।२०/२५ मिनेटका लागि भनेर सँवाद शुरु भयो । कुराकानी कसरी हो मृत्युभयमा पुग्यो । उत्तर मृत्युन्जय झैँ गरी दिनुभयो ।जीबन, मरण र मरणपछि अरुले गर्ने स्मरणबारे ओलीजीले भाबपूर्ण विचार ब्यक्त गर्नुभयो । झण्डैँ २० मिनेट सोहीबारेमा मात्र । सो बिचार बास्तबमै कालजयी छ । समसामयिक बिचार अहिलेलाई, यी कुरापछिलाई भन्दै कुरा टुँगिएको थियो । टेलिभिजनसँग त्यो टेप सुरक्षित होला । जीबन र मृत्यु बारे बेददेखिका कुरा । मर्नु नै छ भने चुरोट खाएरै मर्ने भनेर गोलघरमा छँदा युवावयका आेलीले लिएको अडान देखेर नियतिपनि छक्क पर्थ्यो होला । आत्मबल जीबनको सर्बाधिक भरपर्दो औजार रहेछ । प्रधानमन्त्री आेलीको स्वास्थ्यलाभको कामनासहित उहाँको मृत्युजयी अनुभब यहाँ राखेको हुँ ! यो सँबाद समसामयिक बिषयको भाग राखेर प्रशारित अन्तबार्ताको अँश हो, म्यासेन्जरमा प्राप्त भयो ।
Narayan Poudel ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಶನಿವಾರ, ಡಿಸೆಂಬರ್ 7, 2019