प्रधानमन्त्री ओलीले अन्तिम इच्छास्वरुप चुरोट मागेको त्यो दिन (हेनुस भिडियोसहित)
काठमाडाैँ, प्रधानमन्त्री ओलीको आज जन्मदिन । ६९ औं जन्मदिन मनाँउदैछन् ,विक्रम संवत् २००८ साल फागनु ११ गते तेह्रथुमको आठराईमा जन्मिएका प्रधानमन्त्री ओली ६८ पूरा गरी ६९ वर्षमा प्रवेश गरेका छन् ।
ओलीले जन्मदिन मनाउन जन्मथलो, तेह्रथुमको आठराइ गाउँपालिका जाने भएका छन् । जन्मदिन मनाउन प्रधानमन्त्री ओली हेलिकोप्टरमार्फत् आठराइ, सल्ले जान लागेको छन । अहिलेपनि प्रधानमन्त्री ओली दाेस्राे पटक मृगाैला प्रत्याराेपनकाे तयारीमा छन ।
लामो समय जेल जिवन बिताएका ओली एउटा टेलिभिजनको कुराकानीमा आफ्नो जिवनलाइ यसरी सम्झन्छन । प्रधानमन्त्री ओलीले आफनो जिवन कुनै बेला मृत्यु र जिवनको दोसाँधमा उभिएको बताउछन । हिमालय टेलिभिजनको यक्ष प्रश्न नामक कार्यक्रममा पत्रकार नारायण पौडेलसंग कुराकानी गर्दै उनि भन्छन् ।
मेरो उहिल्यैदेखि पाउको जिन्दगी अतिरिक्त जिन्दगी हाे । रगत बान्ता गर्दै बाँचेको जिन्दगी हाे । टिभी लागेको अल्सर भएको थियो । मारिदा मारिदै उम्केर बाँचेको जिन्दगी हाे । गोल घरमा रगत उल्टी गर्दै बाँचेको जिन्दगी हो । गोलघरमा रहदा चुरोट खान मन लाग्दथ्यो । किन्ने पैसा हुन्थेन । मेरो सिग्रेट खाने बानी थियो । मैले स्वइच्छाले सिग्रेट खाना छाेडेकाे हैन । पैसा थिएन खाना पाइन…..
म मर्छु भन्ने ठानेर एकदिन क्यापटेन यज्ञ बहादुर थापा भिम नारायण, श्रेष्ठ राधाकृष्ण मैनाली मोहनचन्द्र अधिकारीले कामदारलाई लगाएर सोध्न लगाउनु भएछ ।
उनि भन्छन् तपाइलाई के खाना मन छ ? मर्छ भन्ने ठानेर नै होला उहाँहरूले भनेकाे ।
मैले भने तपाइहरुले दिनुहुन्न होला ? उहाँहरुले भन्नु भयो जे भनेपनि दिन्छु । मैले भने सिग्रेट खान्छु दिनुस भनेँ । उहाँहरुले दिनु भयो खाँए ।
हेनुस भिडियो….
प्रधानमन्त्री केपी शर्मा आेलीको आत्मबल बारे । त्यसबखत उहाँ पार्टी अध्यक्षमात्र हुनुहुन्थ्यो ! सँविधानको चटारो , पार्टीको आन्तरिक मामिलाको ब्यबश्थान ।आफ्नै बिमारबिरुद्धको मोर्चाबन्दी । हातमा पट्टीसहित ओलीजी अन्तरबार्तामा बस्नुभयो ।२०/२५ मिनेटका लागि भनेर सँवाद शुरु भयो । कुराकानी कसरी हो मृत्युभयमा पुग्यो । उत्तर मृत्युन्जय झैँ गरी दिनुभयो ।जीबन, मरण र मरणपछि अरुले गर्ने स्मरणबारे ओलीजीले भाबपूर्ण विचार ब्यक्त गर्नुभयो । झण्डैँ २० मिनेट सोहीबारेमा मात्र । सो बिचार बास्तबमै कालजयी छ । समसामयिक बिचार अहिलेलाई, यी कुरापछिलाई भन्दै कुरा टुँगिएको थियो । टेलिभिजनसँग त्यो टेप सुरक्षित होला । जीबन र मृत्यु बारे बेददेखिका कुरा । मर्नु नै छ भने चुरोट खाएरै मर्ने भनेर गोलघरमा छँदा युवावयका आेलीले लिएको अडान देखेर नियतिपनि छक्क पर्थ्यो होला । आत्मबल जीबनको सर्बाधिक भरपर्दो औजार रहेछ । प्रधानमन्त्री आेलीको स्वास्थ्यलाभको कामनासहित उहाँको मृत्युजयी अनुभब यहाँ राखेको हुँ ! यो सँबाद समसामयिक बिषयको भाग राखेर प्रशारित अन्तबार्ताको अँश हो, म्यासेन्जरमा प्राप्त भयो ।
Narayan Poudel ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಶನಿವಾರ, ಡಿಸೆಂಬರ್ 7, 2019