दाजु-भाइको पहलमा आगलागि पीडितलाइ राहत वितरण

डाेल्पा, दाजु-भाईको पहलम आगलागि पिडितलाई राहत वितरण गरिएको छ । ठुलीभेरी नगरपालिका वडा नम्वर ६ काे काँडातालिमा आगलागि पीडितलाइ राहत विरण गरिएकाे हो ।मंसिर ९ गते धुपीरुख जङ्गलमा लागेको आगलागिबाट २० घर गाउँलेकाे घाँस जलेर नस्ट भएकाे थियाे । पीडित परिवारलाइ सहयाेग गर्न स्थानिय युवा असिम रोकाय र जुन कुमार राेकायाकाे पहलमा जापानकाे अाेकिनावामा रहेका नेपाली विद्यार्थीबाट आर्थिक सहयाेग जुटाइएकाे थियाे ।

स्थानीय अगुवा युवा तिलक डाँगीका अनुसार ८५ हजार सहयाेग उठेकाे थियाे । प्रत्येक घरधुरीलाइ ३५ सय रूपैयाँ सहित सामुहिक खाजा खुवाइएकाे डाँगीले जानकारी दिए । पीडित परिवारले राेकाया दाजुभाइ सहयाेग गरेकाे भन्दै धन्यवाद दिएका छन् ।