जिल्ला प्रहरी कार्यालय बाजुरामा बम, सेनाले पार्‍यो निस्क्रिय

बाजुरा, बाजुराको सदरमुकाम मार्तडीमा रहेको जिल्ला प्रहरी कार्यालयलाई लक्षित गरी राखिएको प्रेस कुकर बम नेपाली सेनाले निस्क्रिय पारेको छ ।

शुक्रबार साँझ झोलामा बेरेर राखिएको बेवारिसे बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले शनिबार बिहान (निस्क्रिय) डिस्पोज गरेको समरजित गुल्मका गुल्मपति रविन श्रेष्ठले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय नजिकैको स्थानमा बम भेटिएपछि स्थानीयहरु त्रसित भएका छन् । उक्त स्थानमा बम कसले राखेको हो यसबारे खोज तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख टंकप्रसाद भट्टराईले जानकारी दिएका छन् ।