जनचहाना अनुरुप नै अगाडि बढिरहेको छुः मेयर थारु (भिडियो सहित)
नेपालगन्ज, बर्दिया बारबर्दिया नगरपालिकाका मेयर दुर्गा बहादुर थारु कबिरले आफुले निर्वाचनका बेला जारी गरेको घोषणपत्र अनुसार ६० प्रतिशत काम गरिसकेको दावी गरेका छन ।
उनले जनतालाई प्रत्याभुति हुनेगरी काम गरिरहेको बताएका हुन । कुसे अनलाइन टेलिभिजनसंग कुराकानी गर्दै थारुले भौतिक पुर्वाधारका कामहरुलाई बर्गिकरण गरेर जनचाहाना अनुरुप गरेको बताए ।
उनले बारबर्दियाका बिभिन्न क्षेत्रलाई बर्गिकरण गरेर कामको शुभारम्भ गरेको बताए । उनले थारु समुदायमा बंशानुगत समास्याका रुपमा रहेको सिकलसेल एमिनियालाई निर्मुल गर्न पाठयक्रममा समेत समाबेश गरेको जानकारी दिए ।
सिकलसेल एउटा बंशाणुगत रुपमा सर्ने रोग भएको र थारु जातिहरुमा स्वास्थ्य समस्याको जडको रुपमा रहेको यो रोगलाई जनचेतना मार्फत निर्मुल गर्ने अभियानमा नगरपालिका रहेको बताए ।
बारबर्दियामा कृषि,शिक्षा,स्वास्थ्य,पर्यटनलाई समग्र बिकासको ऐनाको रुपमा अगाडि बढाएको थारुको भनाई रहेको छ ।
कुसे टिभीले गरेको कुराकानी
Related Posts
-
यसरी मनायो पाकिस्तानी दूतावासले ‘कास्मिर कालो दिवस’
काठमाडौँ, नेपालस्थित पाकिस्तानी दूतावासले ‘कास्मिरमा भारतले अतिक्रमण’ गरेको विरोधमा आज ‘कास्मिर कालो दिवस’ स्मरण -
सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना
सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । हेलिकोप्टरमा पाइलटबाहेक यात्रु थिएनन् ।

