दुई नावालिका छोरी छोडेर २२ दिनदेखि आमा वेपत्ता !

काठमाडाैँ,दुई नाबालिका छोरी छोडेर पंञ्चदेवल विनायक नगरपालिका वर्ष २२ कि गिता धामि २२ दिनदेखि बेपत्ता भएकी छन । २ नावालिका छोरी बर्ष ५ की रोशनि  र बर्ष २ की कान्छि छोरी मिसनलाई छोडेर गिता बेपता भएकी हुन । 

भारतको वसईरोड स्थित पापडि मार्केटवाट गत जनवरि ३१ गते विहान ११ वजे तरकारी किन्न भनेर निस्केकी पंञ्चदेवल विनायक नगरपालिका २ वस्ने हर्क धामि कि श्रमती  गिता धामि २२ दिनसम्म फेला नपरेको  उनका श्रीमान हर्क धामीले बताए  ।

धामीका अनुसार तरकारी किन्न भनि बजार गएपनि २२ दिनदेखि बेपत्ता सम्पर्क बिहिन छन ।गिताका  श्रीमान हर्कले छोरीहरुको पालनपोषणमा समास्या आउनुको साथै उनिहरुको विचल्लि भएको बताएका छन । उनले आफन्त तथा शुभचिन्तकहरुलाई खोजीदिन समेत आग्रह गरेका छन ।