पूर्वराजा ज्ञानेन्द्र भारतको अमृतसरमा
प्रकासित मिति : २०७६ फाल्गुन ९, शुक्रबार १५:४६
प्रकासित समय : १५:४६
काठमाडौं , पूर्वराजा ज्ञानेन्द्र शाह तथा रानी कोमलले भारतको अमृतसरस्थित शिखहरूको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन गरेकी छन्।
पूर्व राजदम्पतीलाई बिहीबार स्वर्ण मन्दिर परिसरमा श्री गुरुद्वारा प्रवन्धक समितिका सचिव डा. रुपसिंह सिंहले स्वागत गरेको उनको निजी सचिवालयले जनाएको छ। सो अवसरमा पूर्वराजालाई मन्दिर व्यवस्थापनका बारेमा जानकारी दिइएका थिय ।
पूर्वराजा आफ्नी बहिनी शोभा शाह र ज्वाइँ कुमार मोह बहादुर शाहीसहित भारत भ्रमणमा छन्। करिब दुई साताका लागि भारत प्रस्थान गरेका पूर्वराजा ज्ञानेन्द्र अमृतसरबाट शनिबार दिल्ली फर्कने बताइएको छ। दुई साताको धार्मिक तथा सामाजिक भ्रमणका लागि गत आइतबार दिल्ली गएका हुन्। दिल्लीमा रहँदा उनले राजनीतिक भेटघाटसमेत गर्ने बताइएका छन ।