१२ किलो चरेशसहित एक युवा पक्राउ
प्रकासित मिति : २०७६ फाल्गुन ८, बिहीबार २१:१७
प्रकासित समय : २१:१७
जाजरकोट । बाँकेको कोहलपुरमा प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध चरेश सहित एक युवालाई पक्राउ गरेको छ । प्रहरीले कोहलपुर नगरपालिका–१२ भरैयाबाट १२ किलो चरेशसहित जाजरकोट घर भई कोहलपुर १२ बस्दै आएका ३२ बर्षिय आकाश आरसीलाई पक्राउ गरेको हो ।
प्रदेश नं ५ अपराध अनुसन्धान ब्यूरोको टोलीले उक्त परिमाणको चरेससहित आरसीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । ब्यूरोका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको नेतृत्वमा खटिएको टोलीले जाजरकोट घर भई कोहलपुर बस्दै आएका आरसीलाई चरेशसहित पक्राउ गर्न सफल भएको थियो ।
पक्राउ परेका अभियुक्त र चरेस आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाइएको प्रहरी निरीक्षक क्षेत्रीले बताए ।