अन्ततः मन्त्री बास्कोटाले दिए राजिनामा

काठमाडाैँ, संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पदबाट राजिनामा दिएका छन् ।

सेक्युरिटी प्रन्टिङ्ग प्रेस खरिदका विषयमा भएको मोलमोलाईको अडियो सार्वजनीक भएपछि विवादमा तानिएका बास्कोटाले राजिनामा दिएको सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जानकारी दिएका हुन् ।