हरियाली पलाँता अभियानको शुभारम्भ, अषाढसम्मा ६ लाख विरुवा उत्पादन गर्ने दावी

कालिकोट, कालिकोटको पलाँता गाउँपालिकाले हरीयाली पलाँता अभियान शुभारम्भ गरेको छ । पलाँता गाउँपालिकाले १ बर्षमा १ लाख विरुवा रोप्ने लक्ष्य सहित हरियो पलाँता अभियान शुभारम्भ गरेको हो ।

शुख्खा पलाँता क्षेत्रमा १ घर १ नर्सरी उत्पादनसँगै अषाढसम्मा ६ लाख विरुवा उत्पादन गर्ने पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले जानकारी दिए । अध्यक्ष बमले अवको अभियान हरीयाली पलाँता निर्माणमा रहेको बताए ।

बमले भने पलाँतालाई शुख्खा पलाँताको हिसावमा चिन्ने ब्यक्तीले आफ्नो कार्यकालमा नै शितल छहारीको पलाँता भनेर चिनाउने गरि हरियो पलाँता निर्माण गर्ने प्रतीबद्धता ब्यक्त गरे ।

पलाँता गाउँपालिकाले पहिलो प्राथमिकता बन क्षेत्रलाई दिने र शुख्खा डाड काडामा विरुवा रोपेर हरीयाली पलाँता निर्माण गर्ने अध्यक्ष बमको भनाई छ ।  बमले भने जनयूद्ध दिवसको दिनमा पलाँतालाई गाडी उपाहार दियौँ अव नयाँ बर्ष २०७७ सालमा १५ सैयाको हस्पीटल उपहार दिने बताएका छन ।