उपराष्ट्रपति निवासको गेटमा भेटियो शंकास्पद वस्तु
प्रकासित मिति : २०७६ फाल्गुन ७, बुधबार २२:०२
प्रकासित समय : २२:०२
काठमाडौं, उपराष्ट्रपति नन्दबहादुर पुनको निवासको गेटमा शंकास्पद वस्तु भेटिएको छ । लैनचौरस्थित लैनचौरस्थित उपराष्ट्रपति निवासको गेटमा शंकास्पद वस्तु भेटिएको हो ।
एक जना महिलाले निवासको दक्षिण गेटमा झोला राखेर फर्किएको सीसी टीभी फुटेजमा देखिएपछि उपराष्ट्रपतिको सचिवालयले प्रहरीलाई खबर गरेको थियो ।
प्रहरीले झोलामा विष्फोटक पदार्थ हुन सक्ने आशंका गरेको छ । दक्षिण गेटमा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टोली उपराष्ट्रपति निवास पुगेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।