उद्योग वाणिज्य संघका उम्मेदवारको गाडीमा आगजनी
प्रकासित मिति : २०७६ फाल्गुन ७, बुधबार १४:२०
प्रकासित समय : १४:२०
बुटवल ,दाङको बिजौरी उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिएका प्रेमनाथ योगीको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।
योगी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित वामपन्थी प्यानलबाट बिजौरी उद्योग वाणिज्य संघमा अध्यक्षका उम्मेदवार हुन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१९ हाडिमेस्थित योगी कै घर अगाडि पार्किङ गरेर राखिएको बा१९च १७६४ नम्बरको स्कारपिओ गाडीमा अज्ञात समूहले राति आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बुधबार जानकारी दिए ।
आगजनी कसले गयो भन्ने पहिचान हुन सकेको छैन । आगजनीबाट गाडीको पछाडिको टायरमा क्षति भएको छ ।