लागुऔषध सहि ७ जना पक्राउ

रुकुम ,रुकुम पश्चिममा अबैध लागुऔषधसहित अन्य बिभिन्न घटनामा गरि ७ जना पक्राउ परेका छन्। लागुऔषध चरेश, ट्रमाडोल नामक ट्याब्लेट र कस्तुरी दाँतसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो।

जिल्लाको आठबिसकोट नगरपालिका १४ छेपारेबाट लागुऔषध चरेशसहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पत्रकार सम्मेलन आयोजना सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका ४ बस्ने बर्ष २८ का बलबहादुर चन्द, बाँफिकोट गाउँपालिका ८ बस्ने २३ वर्षीय लक्ष्मण केसी, सोही गाउँपालिका ५ का ३१ वर्षीय महेन्द्रकुमार केसी र आठबिसकोट नगरपालिका ११ बस्ने २८ वर्षीय बिमलकुमार शाही रहेका छन्।

लागुऔषध ब्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले २ सय ७५ ग्राम कालो खैरो रंगको सेलेदार चरेस, अफिमजस्तो अर्ध ठोस पदार्थ ३० ग्राम, मिठाई गुणजस्तो देखिने अर्थ ठोस पदार्थ १३ किलो झुक्यानमा पार्ने गरी लागु औषधजस्तो बनाइ राखेको काठको टुक्राको पोका दस थान, खुर्सानीको धुलोसहित उनीहरू पक्राउ परेको प्रहरीले बताएको छ।

त्यस्तै जिल्लाकै त्रिवेणी गाउँपालिका झुल्नेटाबाट लागु औषध ट्याबलेटलगायत प्रतिबन्धित औषध सहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जसमा मुसिकोट नगरपालिका रातामाटा बस्ने २१ वर्षका बिष्णु कसेरा र रुकुम पूर्व पुथाउत्तरगंगा १४ नाखा बस्ने १९ वर्षको गायस पुन रहेका छन्।

त्यसैगरि लागुऔषध चरेश र कस्तुरीको दाँतसहित मुसिकोट नगरपालिका घ्युखोलबाट रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका १०, घुम्लिङबाङ बस्ने वर्ष १९ का सिलास बुढालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ठगबहादुर केसीले जानकारी दिए। उनका अनुसार पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट म्याद थप गरी अन्सुन्धान भइरहेको बताइएको छ।