चोरी गर्दै गरेको अवस्थामा २ लुटेरा पक्राउ

भक्तपुर, भक्तपुर प्रहरीले घरको कोठा तोडेर चोरी गर्दै गरेको अवस्थामा २ जना लुटेराहरुलाई पक्राउ गरेको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमीमा डेरा गरी बस्ने सिन्धुपाल्चोकको साँगागढी घर भएकी २० वर्षीय जुनु श्रेष्ठको कोठामा चोरी गरिरहेको अवस्थामा २ जनालाई पक्राउ गरेको हो

महानगरीय प्रहरी बृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले २ जना लुटेराहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ताप्लेजुङको चिडिउवा घर भइ काठमाडौं बस्ने पूजन लिम्बु र काभ्रे घर भइ काठमाडौंको डल्लु बस्ने अनिल तामाङ छन् 

प्रहरीका अनुसार उनीहरुले खुकुरी र छिनो लगायतका सामग्री प्रयोग गरी कोठाको ढोका फोरेर लुटपाट गर्न थालेका थिए ।प्रहरीले पक्राउ परेका लिम्बुको साथबाट १ थान छिनो तथा नगद ५ हजार ३ सय १५ रुपैयाँ एवम् तामाङको साथबाट १ थान खुकुरी र नगद १५ हजार ५ सय रुपैयाँ बरामद गरेको छ ।