भित्तामा झुण्डिएको त्यो चौरजहारी र ऐतिहाँसिक लाल दरबार !

मुसिकोट ,रुकुम पछिल्लो चरणमा सरकारले घोषणा गरेका नयाँ दश सहरमध्ये चौरजहारी कर्णाली प्रदेशको रुकुममा पर्ने एक सुन्दर उपत्यका हो  । 

पर्यटकिय हिसाबले उच्च संभावना बाेकेकाे चौरजहारीलाई सरकारले नयाँ दश सहरमध्य एक नमुना सहर घोषणा गरेको छ । चौरजहारी मुख्य दश सहरमा छनोट भएपछि त्यहाँका सर्वसाधारणमा बेग्लै खुसी छाएको छ ।

नेपालको कर्णाली प्रदेश अन्तर्गत रुकुमको पश्चिम भागमा अवस्थित रहेको चौरजहारी नगरपालिकाको स्थापना हुनु भन्दा पहिला विजयश्वरी, कोटजहारी, खोलागाउ, नुवाकोट र पुर्तिमकाडाँ गाविसको (केही भाग)  रुपमा रहेको थियो । 

 कुल क्षेत्रफल १०७ वर्गकिलोमिटर रहेको चौरजहारी नगरपालिकाको जनसंख्या २७ हजार ४ सय ३८ रहेको छ । पहाडी जिल्ला रुकुमको सन्दर्भमा यो चौरजहारी नगरपालिका आर्थिक एंव पुर्वधार विकासको दृष्टिकोणले निकै सम्भावना रहेको नगरपालिका प्रमुख बिशाल शर्मा बताउछन् ।

उनि भन्छन् यहाँको भौगोलिक वनावट र प्राकृतिक श्रोत साधनमा निकै अगाडी रहेको छ । यसकाे संभावना पहिल्याउन हामी प्रतिबद्भ छाैँ ।  चौरजहारी उर्वर फाँटदेखि लिएर ढुंगे खानिहरु र जहारीखोलाको किनारमा रहेको उर्वर जमिन देखि खोलागाउ मुलजिउलासम्मका कृषि उत्पादनयोग्य फाँटहरु यस नगरपालिकाका गहना रहेकाे शर्माकाे भनाइ छ  ।

यस नगरपालिकामा एउटा एयरपोर्ट रहेको छ । नेपाल सरकारको योजनामा परेको १० वटा नयाँ शहर मध्ये चौरजहारी पनि एक भएको हुदा विकास सम्भावना प्रवल रहेका छन ।

त्यस्तै बिभिन्न पर्यटकिय स्थानमध्य चौरजहारीको अर्को ऐतिहाँसिक पक्ष हो लाल दरबार राजतन्त्रदेखि जनसत्तासम्माको इतिहास बोकेको उक्त दरबारलाइृ पर्यटकिय केन्द्रका रुपमा बिकास गर्नसके यहाँको बिकासमा टेवा पुुग्ने बताइन्छ । नगरपालिकाको कार्यालय रहेको दरबारलाई जनयुद्धकालमा लालदरबारको संज्ञा दिइएको थियो । 

स्वच्छ, सफा, समृद्ध नगरको निमार्ण, चौरजहारी नगरबासीको पहिचान भन्ने मुल नारालाई आत्मसाथ गदै चौरजहारी नगरपालिका क्षेत्रको समृद्धी, समुन्नति र विकासको लागि नगरपालिका  अगाडि बढिरहेको प्रमुख शर्माकाे बताउछन ।