रिहाइको लागि डिल्लीबजार कारागार पुर्‍याइए महरा

काठमाडौं, बलात्कार प्रयास (जबरजस्ती करणी उद्योग) मुद्दामा सफाइ पाएका पूर्व सभामुख कृष्णबहादुर महरालाई रिहाइको प्रक्रियाका लागि डिल्लीबजार कारागार लगिएको छ ।

मुद्दाको फैसला सुन्न सोमबार जिल्ला अदालत काठमाडौं पुगेका महरालाई प्रहरीले डिल्लीबजार कारागारतर्फ लगेको हो । डिल्लीबजार कारागार कार्यालयका अनुसार अदालतको फैसलाको संक्षिप्त विवरणसहित पत्र प्राप्त भएमा प्रक्रिया पूरा गरी महरालाई थुनामुक्त गरिने छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलाशले सोमबार महराविरुद्धको दावी नपुग्ने ठहर गर्दै सफाइको फैसला सुनाएको हो ।