प्रकाण्डका छोरा नरेन्द्र बिक बानेश्वरबाट पक्राउ

काठमाडौँ , प्रतिबन्धित नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा नरेन्द्र बिक राजधानीको नयाँ वानेश्वरबाट पक्राउ परेका छन् ।

उनलाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो । उनीसँगै नेपाली पार्टी निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य प्रकाश विकलाई पनि पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।