उपप्रधानमन्त्री पोखरेल कालापानीको निरीक्षणमा
प्रकासित मिति : २०७६ फाल्गुन ५, सोमबार १२:२५
प्रकासित समय : १२:२५
दार्चुला ,उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सीमा निरीक्षणका क्रममा कालापानी क्षेत्र प्रस्थान गरेका छन ।
आज नेपाली सेनाको हेलिकप्टरमार्फत उपप्रधानमन्त्री पोखरेल दार्चुलाको व्यास गाउँपालिकामा अवस्थित कालापानी क्षेत्र प्रस्थान गरेका हुन।
उपप्रधानमन्त्री पोखरेल सहित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभा उपसभामुख निर्मला जोशी बडाल, प्रदेशसभा सदस्य मानबहादुर धामीसहित १० जनाको टोली व्यास क्षेत्र प्रस्थान गरेको दर्चुलाका प्रजिअ यदुनाथ पौडेलले जानकारी दिए ।
नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा समावेश गरेपछि नेपालले यसमा आपत्ति जनाउँदै आएको छ ।