अन्तिम फैसला सुन्न अदालत पुगे महरा

काठमाडौं ,बलात्कार प्रयास अभियोगमा जेल परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको अन्तिम फैसला केहीबेरमा हुदैछ ।

अदालतको अन्तिम फैसलाका लागि महरालाई सोमबार ११ बजे प्रहरीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको छ । महरा बा २ झ ३९७८ नम्बरको गाडीमा चढेर अदालत पुगेका हुन् । फैसलाको प्रतिक्षमा रहेका महरा हात हल्लाउँदै र मुस्कुराउँदै इजलास कक्षतर्फ गएका छन् ।

बहस सकेर आइतबार नै फैसला हुने भनिए पनि उक्त मुद्दा हेर्दा हेर्दैमा सोमबारलाई राखिएको थियो । संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरा पुर्पक्षका लागि हाल डिल्लीबजार कारागारमा बस्दै आएका छन् ।