महराविरुद्धको सुनुवाइ सकियो, केही बेरमा फैसला आउने

काठमाडौं,पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ ।

आइतवार काठमाडौं जिल्ला अदालतमा अन्तिम बहस सकिएको हो ।

जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ भएको थियो । महराको पक्षबाट रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, लभ मैनाली लगायतले बहस गरेका थिए ।

संघीय संसद्को सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । केही बेरमै फैसला आउने सम्भावना रहेको छ ।