पलाताको राडुनेटामा गाडि पुग्यो..
कालीकोटः जिल्लाको पलाता गाउँपालिकाको थिर्पुदेखि राडुनेटा सम्मको ११ किलोमिटर सडकमा गाडि पुगेको छ ।
स्थानीय तहको निर्वाचनपछि स्थानीय तहमा गाडि संचालन गर्ने पलाता गाउँपालिका पहिलो गाउँपालिकाको रुपमा चिनिएको छ । स्थानीय तहको बजेटबाट गाउँपालिकाले २ वटा गाडि संचालन गर्नका लागि राडुनेटा पुगाएको छ । पलाता गाउँपालिकाको अस्थाई केन्द्र थिर्पुदेखि राडुनेटा अवदेखि सहज रुपमा गाडि संचालन हुने भएको छ ।
गाँउपालिकाले जनयुद्ध दिवसका अवसरमा पलाँतामा साझा यातायात संचालन गर्ने लक्ष्य सहित गाडी पुयाएको हो । गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमले जनताका सामु गाडी पुयाउने बाचा गरेकाले आफुले चुनावका बेला गरेका बाचा पुरा गरेको बताए । उनले, ‘भने कर्णालीमा पुल थिएन तर पनि गाडि राडुनेटा पुगाएका र्छौ हामी खुसी र्छौ ।’
कर्णाली नदिमा न पुल छ नत फेरी नै तर पनि गाउँपालिकाले तेलका खालि ड्रममाथि काठ बाधेर काठमाथि गाडि राखेर दुईवटा गाडि पारी तारेको थियो । पलाँतामा हालसम्म करीव १५ करोड बराबरको लगानीमा २९ किलोमिटर सडक गाडी गुडाउन सकिने गरी ट्रयाग खोलिएको छ ।
गाँउपालिका स्थित बेल्के ढुंगा, मोहर, सैन, पुलाहा हुँदै राडुुनेटा जोड्न सडकको ११ किलोमिटर, थिर्पु बेरसैनकोट सडक खण्डको ५ किलोमिटर, ओदी काँध छलाँहा सडक खण्डको ११ किलोमिटर र सैन हुँदै गाँउपालिकाको केन्द्र लोहोडे सडक खण्डको २ किलोमिटर सडकमा गाडी चलाउन सकिने गाउँपालिका अध्यक्ष बमले बताए । यसले पलाँताका ८० प्रतिशत घरधुरीहरुलाई यातायात सेवा उपलब्ध हुनेछ ।
गाउँपालिकाले सुरुवातमा चार वटा गाडी खरीद गरी २ वटा जुम्लाको ओदीदेखी पलाँताको खीनको जाँफ्यसम्म संचालन गर्ने र २ वटा गाडी पलाँता गाँउपालिका थिर्पुदेखी राडुनेटासम्म संचालन गर्ने छ