चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ
प्रकासित मिति : २०७६ फाल्गुन ४, आईतवार १९:५१
प्रकासित समय : १९:५१
काठमाडौं- चोरीका मोटरसाइकलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पक्राउ पर्नेमा धादिङ थाँक्रेका विमल तामाङ र सानुकान्छा तामाङ रहेका छन् । मोटरसाइकल धनीको निवेदनका आधारमा खोजी गर्ने क्रममा उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
एक जनाले माघ २८ र अर्का मोटरसाइकल धनीले ३० गते मोटरसाइकल हराएको भन्दै निवेदन दिएका थिए । प्रहरीले विमललाई ललितपुरको एकान्तकुनाबाट र सानुकान्छालाई धादिङको सिम्लेफाँटबाट पक्राउ गरिएको हो ।उनीहरुको साथबाट प्रहरीले मोटरसाइकलसमेत बरामद गरेको छ ।