काठमाडौँमा असुरक्षित बन्दै पैदलयात्रु
प्रकासित मिति : २०७६ फाल्गुन ४, आईतवार ०७:२४
प्रकासित समय : ०७:२४
व्यस्त बन्दै गएको राजधानी काठमाडौँमा पैदल यात्रु दिन प्रतिदिन असुरक्षित हुने क्रम बढेको राजधानी दैनिकमा खबर छ ।
चालकले ट्राफिक नियमको पालना नगर्नु, मदिरा सेवन गरी सवारी चलाउनु र सरकारी निकायबाट प्रभावकारी अनुगमन हुन नसक्नुलगायतका कारणले पैदलयात्रु दुर्घटनाको चपेटामा पर्ने क्रम बढेको छ ।
पैदलयात्रु दुर्घटनामा घाइते भएपछि जिल्ला प्रशसन कार्यालय काठमाडौँमा सवारी क्षतिपूर्ति दिलाइ पाउँ भन्दै निवेदन दिनेको संख्या ह्यात्तै बढेको छ ।