बेलायती सेनाध्यक्ष नेपालको भ्रमणमा

काठमाडौँ , बेलायतको सेनाध्यक्ष चिफ अफ जनरल स्टाफ मार्क कार्लटोन स्मिथ शनिबार नेपालको एक साता लामाे औपचारिक भ्रमणको क्रममा काठमाडौं आइपुगेका छन् ।

उनलाई त्रिभुवन विमानस्थलमा बलाधिकृत रथी शरद कुमार गिरीले स्वागत गरे । बेलायतको सेनाध्यक्ष चिफ अफ जनरल स्टाफ मार्क कार्लटोन स्मिथ नेपाली सेनाका बलाधीकृत रथी शरद गिरी स्वागत गर्दै ।

सात दिने भ्रमणको क्रममा स्मिथले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानसेेेेेेेनापति महारथी पूर्णचन्द्र थापासँग भेट्ने कार्यक्रम रहेको छ।भ्रमणको दौरान उनी पोखरा र पाँचखालका सेनाका तालिम केन्द्रमा जानेछन्।