६ लाख नगदसहित १६ जुवाडे पक्राउ
प्रकासित मिति : २०७६ फाल्गुन २, शुक्रबार २१:०८
प्रकासित समय : २१:०८
काठमाडौं- नेपाल प्रहरीले काठमाडौंको मनमैजुबाट ६ लाख २५ हजार रुपैयाँसहित १६ जुवाडेलाई नियन्त्रणमा लिएको छ ।महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले शुक्रबार अपरान्ह ५ बजे नगद रुपैयाँसहित जुवाडेहरूलाई नियन्त्रणमा लिएको हो ।
बालाजु प्रहरीले जुवा खेलिरहेको अवस्थामा ६ लाख २५ हजार रुपैयाँसहित १६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
तार्केश्वर नगरपालिका–९ शुभकामना चोकस्थित दिनेश पन्तको कोठामा अवैध जुवा सञ्चालन हुने गोप्य सूचनाको आधारमा १६ जुवाडेलाई शुक्रबार नियन्त्रणमा लिइएको बालाजुका डीएसपी रन्जित सिंह राठौरले बताए ।पक्राउ परेका सबैलाई अहिले प्रहरी वृत्त बालाजुमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।