यसरी मनायो नेकपा कालिकोटले २५ औँ जनयुद्ध दिवस

शहिदको सपाना पुरा गर्ने अध्यक्षको प्रतिवद्धता

कालिकोट, नेपाल कम्युनिस्ट पार्टी नेकपा कालिकोटका अध्यक्ष धनजित शाहीले जनयुद्ध तथा जनआन्दोलनका शहिदहरुको सपना साकार पार्न आफू लागि पर्ने प्रतिवद्धता जनाएका छन । २५ औँ जनयुद्ध दिवसको अवसरमा कालिकोटमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा यस्तो प्रतिवद्धता जनाएका हुन ।

नेकपा कालिकोटको आयोजनामा भएको जनयुद्ध तथा जनआन्दोनका शहिदहरुको सम्झनामा आयोजित चियापान कार्यक्रमका प्रमुख अतिथि रहेका अध्यक्ष शाहीले जनताको अधिकार प्राप्तिको लागि ज्यानको आहुति दिने शहिदहरुका सपना पुरा गर्न जस्तोसुकै चुनौति आएपनि पछि नहट्ने बताए ।

नेकपा कर्णाली प्रदेश कमिटि सदस्य गंगा खड्का, जिल्ला कमिटि सचिवालय सदस्य एवम युवा नेता तुलाराज मल्ल लगाएतले राष्ट्रियता, जनजिविका र जनतन्त्र प्राप्तिको लागि ज्यान गुमाउने शहिदहरुका परिवारहरुलाई राज्यले उच्च सम्मान गर्नु पर्नेमा जोड दिए ।

त्यस्तै अनेरास्वयु जिल्ला समिती कालीकोटले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि नेकपा कालीकोटका अध्यक्ष धनजित शाहीले जनयुद्ध र जनआन्दोलनका क्रममा वलिदानी दिने महान सहीतहरुका अधुरा सपना पुरा गर्नु अहीलेको आवश्यकता रहेको बताए ।

उक्त कार्यक्रममा अनेरास्वयिुका केन्द्रीय सदस्य भिम प्रसाद आचार्या, नेकपाका युवा नेता रमेश कुमार शाही,कृष्ण प्रसाद आचार्य,प्रेस संगठनका केन्द्रीय सदस्य कालीवहादुर मल्ल लगाएतले शुभकाना मन्तव्य राखेका थिए ।