२५ औँ जनयुद्ध दिवसः अर्थात सम्झनामा त्यो फाल्गुन एक

फागुन १ गते आजभन्दा ठिक २५ वर्ष अगाडि तत्कालिन जनमोर्चा (मोटो मशाल)अर्थात् आजको माओवादी जनयुद्धमा होमिएको दिन ,बास्तवमा इतिहासकै महत्पुर्ण दिन फागुन १ इतिहाँसको महत्वपुर्ण दिन जनयुद्ध ,नेपाली जनताको कर्मरेखाका रुपमा उदाएको दिन जनयुद्ध, सबैलाई पाच्य नहुन पनि सक्छ । तर परिर्बतनको सन्र्दभमा जनयुद्ध एक ऐतिहाँसिक दिन हो त्यसैले पनि यसलाई नेपाल सरकारले आम दिवसका रुपमा लिन जरुरत छ ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे ज्ञापनपत्र बुझाउदै आजकै दिनबाट माओवादीले अ जनयुद्ध सुरु गरेको थियो ।  सर्वहारा बर्गको उज्ज्वल भबिस्यको सपना सजायर महान जनयुद्धको संखघोष २०५२ फागुन १ गते भएको दिन आज हामी सबैलाई स्मरण भईरहन्छ । स्मरण हुनु स्वभाविक पनि छ । जनयुद्धका ति कहाली लाग्दा दिनहरु आज सम्झदा पनि शरिर शिरिगं हुने गर्छ ।

भिषण आँधीमयदिनहरु सम्झदा मात्रै पनि शरिरलाई बेग्लै स्फुर्ति ल्याइदिन्छ । हुनत जनयुद्धको घोर बिरोध गर्ने जमात नभएको पनि हैन । तर सबैलाई यो अबगत नै छ जसले जनयुद्धको घोर बिरोध गर्यो जनयुद्धबाट आएको सफलताको घोडा उसैले चडयो । सफलताको घोडामा चढेर असफलताको भजन गाउँनेहरुप्रति त हाम्रो भन्नु केहि छैन ।

तर इतिहाँसको एउटा दिन जो सर्बहारा बर्गको भाग्यरेखाको रुपमा उदाएको थियो यो दिनलाई सम्झनु आफनो कर्तव्य ठानीरहेछु । कतै आश,कतै त्रासहरु बाकेको उम्दा ति दिनहरु सम्झनु न्याय हो या अन्याय पाठकहरुकै जिम्मा छ ।

सफलताको घोडामा चढेर असफलताको भजन गाउँनेहरुप्रति त हाम्रो भन्नु केहि छैन ।

संसारमा प्राय सबै मानिसहरुको जन्म एकै तरिकाले भएपनि मर्ने तरिका फरक फरक हुनेगर्छ । यो जनयुद्धका ति दिन भिन्न अनुभुतिका दिनहरु हुन । बिचित्रका लाग्ने ति दिनहरु आजको दिनमा सम्झदा मात्रै पनि गर्ब अनुभुति हुनेगर्छ ।

लाग्छ क्रान्ति कति बिचित्र हुदोरहेछ ति दिनहरुमा असिमित पिडाहरुका बिचमा पनि हराभरा नयाँ जिवनको अनुभुती हुने रु काँडाँहरुको बिचमा हाँसेर फुल्नुपर्ने । आम सर्बहारा बर्गको लागि सर्वहारा वर्ग,गरिव महिला दलित जनजाति थुप्रै किसिमका बर्ग बिच हुने लडाइँको सुरुवात साच्चै अजिब लाग्छ । यस्तो लाग्छ क्रान्तिकारीहरु भिन्न धातुबाट बनेका जादुमय छडि  हुन ।

त्यतिबेला फरक अनुभुती भएको महसुस हुन्थ्यो । जहाँ पीडा हुन्छ त्यहाँ नयाँ बिचारको जन्म लिएको हुन्छ । त्यसैले त होला १० बर्षे जनयुद्ध भिषण यात्रामा सुरु भयो । हजारौं आमाका वीर सपुतहरुले धर्तिमा आफ्नो अमुल्य जिवनको बलिदानि दिए । निस्वार्थ आफनो शरिर देशका निम्ती चढाउनु चानचुने कुरा पक्कै थिएन । 

संसारमा प्राय सबै मानिसहरुको जन्म एकै तरिकाले भयपनि मर्ने तरिका भने फरकफरक हुने गर्छ ।  सर्वहाराबर्ग दतित महिला जनजाति अनेकन बर् बिच हुने लडाइँको सुरुवात थियो फागुन १ थियो साच्चै जब क्रान्तिकारीहरु बिचार जिते कुम्ती हारे मृत्यु भनेर अगाडि बड्छन तब संसारका मैहुँ भन्ने तानाशाह पनि घोाडाबाट लडछन । हो त्यस्तै भएको थियो १० बर्षे रणसंग्रामले ल्याएका उतारचढाबहरूले मुलुकलाइ संघिय  गणतन्त्रमा पुर्याएको थियो । 

कसैलाइ जोक जस्तै लाग्ला ति दिनहरूको स्मरण गर्दा बिर सपुतहरुले यस धर्तिमा आफ्नो अमुल्य जिवनको बलिदानि दिाएका छन र त यहाँ परिबर्तन भएको छ । 

शहिद परिबार तथा बेपत्ता परिबारको कुरा घाइते तथा अपाङगका कुरा यि सब यहि परिबर्तनका लागि भएको कुरा थिए ।  जेलका चिसा छिडिमा यातनाका कुरा नगरौँ गणतन्त्रकै लागि छिडिमा बस्न बाध्य कयौँ नेता कार्यकर्ताहरूको भौतिक अबस्थाले जर्जर पिडा सबै परिपर्तनका लागि भएका थिए ।

ति युद्धमय यात्रामा बिजयको संघारमा पुगेर रातो झन्डा फराउने अठोट बोकेका हामिहरु जस्तै सयौं जनताले यो दिन सम्झिने गर्दछन । भिषण लडाइँ भित्र पनि पौठेजोरी खेल्दै अगाडि बढेका राता मान्छेका कथा हो यो फागुन एक ।  हार भित्र जित पनि एउटा मीठो अमृत हुनेगर्दछ । फौजि रुपमा लडाइँ हारेपनि बिचारमा कहिल्यै हारेनन् । भौतिक शरीर बमका चोईटाले धुजा धुजा पारे पनि क्रान्तिकारीले कहिल्यै हारेनन । 

मृत्युको कसम खाएर बर्गसंघर्षको भट्टिबाट जन्म लिएर सर्वहारा वर्गको मुक्तिको लागि जहिले पनि लडिरहे । अहिले सम्झिदा लाग्छ क्रान्तिमा लामवद्द भएको छोटो समयको अनुभुती हुन्छ । कुनै बेला किताबका पानाहरु पढेकि थिए क्रान्तिकारीका रगतले ईतिहासका बिरगाथा रगतले लेखिन्छन भनेर हो आज  त्यहि प्रेरणाले गर्दा यो मितीसम्म झस झस्काउने गर्दछ ।

२५ औँ बार्षिक उत्सव पुग्दापनि छातिमा रोपिएका तेजिला छर्राले बेलाबेला यो दिनको स्मरण गर्ने गर्दछ यी पिडाहरु जस्ताको तस्तै कापिमा ओकल्न सकिदैन । तै पनि पिडामा छट्पटी रहेका घाइते अपांग सहिद परिवार बेपत्ता सर्वहारा बर्ग सुभचिन्तक सम्पुर्णमा २५ औँ जनयुद्ध दिबसको हार्दिक शुभकामना ।