कर्णाली प्रदेशमा उद्योग वाणिज्य महासंघको कार्यालय सञ्‍चालनमा

काठमाडौं , नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ।

उक्त कार्यालयको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बिहीबार उद्घाटन गरेकी हुन्। अध्यक्ष राणाले नेपाल संघीय संरचनामा गइसकेपछि सोहीअनुरूप सातै प्रदेशमा कार्यालयहरु सञ्‍चालनमा ल्याइएको बताइन्। उनले अबका दिनमा प्रदेश उद्योग वाणिज्य महासंघलाई थप सक्रिय बन्न सहयोग पुग्ने बताइन्।

भवन उद्घाटन कार्यक्रममा महासंघका कोषाध्यक्ष निरक केसी, कर्णाली प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष पदम शाहीलगायतका व्यवसायी उपस्थित रहेका थिए। यसअघि महासंघले प्रदेश १ को कार्यालय विराटनगरमा पनि सञ्चालनमा ल्याइसकेको छ।