टिपर दुर्घटनाका घाइतेको हेलिकोप्टरमार्फत उद्धार

संखुवासभा ,संखुवासभाको मकालु गाउँपालिका-३ मा टिपर दुर्घटनामा गम्भीर घाइते भएका हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उदयपुरको रौता-५ का रामबहादुर सार्कीको हेलिकोप्टरमार्फत उद्धार गरिएको इलाका प्रहरी चौकी हेदाङनाले जनाएको छ। किमाथांका-जोगवनी सडकखण्डमा प्रदेश १–०२–००१ क ३६६७ नम्बरको टिपर सडकभन्दा ६० फिट तल खसेर चालक सार्की गम्भीर घाइते भएका हुन्।

घाइते सार्कीलाई उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्थास्थ्य विज्ञान प्रतिष्ठान लगिएको इलाका प्रहरी चौकी हेदाङनाका प्रहरी नायब निरीक्षक महितकुमार यादवले जानकारी दिए। बिहीबार बिहान ८ बजे किमाथांका-जोगवनी सडकखण्डको स्तरउन्तिको काम गरेको स्वामी नारायण आर्शीवाद कम्पनीको टिपर दुर्घटना भएको थियो। घाइते चालकको टाउको, ढाड र खुट्टामा चोटलागेका छ।