जनयुद्ध दिवसको दिन गोरखामा सरसफाइ

गोरखा । २५ औँ जनयुद्ध दिवसको अवसरमा गोरखामा सरसफाइ कार्यक्रमको कार्यक्रम गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल गोरखाले बिहीबार गोरखाबजारका विभिन्न क्षेत्रमा सरसफाई गरेको हो ।

जिल्ला संयोजक अशोक शर्माले सो सरसफाइ कार्यक्रममा दुई सय बढी युवा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको जानकारी दिए । ‘अहिले विभिन्न सरुवा रोगहरु फोहोरका कारण सर्ने र रोगको संक्रमण हुने समय सुरु हुन थालेको छ । यसलाई मध्यनजर गरेर जनयुद्ध दिवसमा हामीले सिर्जनशिल कार्यक्रम गरेर मनाएका हौं’, उनले भने, ‘आगामी दिनमा यस्ता कार्यक्रमलाई थप विस्तार गर्दै लगिनेछ ।’

सरसफाई कार्यक्रममा गोरखा जिल्लाका प्रतिनिधिसभा सदस्य हरिराज अधिकारीसहित स्थानीय नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।