राष्ट्रपति भण्डारीबाट ६ वटा विधेयक प्रमाणीकरण

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा विधेयक प्रमाणीकरण गरेकी छन् ।

संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले संघीय संसदबाट पारित भएर आएका ६ वटा विधेयक प्रमाणीकरण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण हुने विधेयकमा प्रहरी समायोजन विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक, भूमिसम्बन्धी (आठौं संशोधन) विधेयक, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, औद्योगिक व्यवसाय विधेयक र राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) विधेयक छन् ।