निर्मलालाइ न्याय माग्न धर्ना बसेका सबै पक्राउ

कञ्‍चनपुर ,बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारमाथि कारवाही माग गर्दै धर्नामा बसेका आठजनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।

पन्तलाई न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालयको मूलगेटमा धर्नामा बसेका अधिकारकर्मी र घाइतेलाई प्रहरीले पक्राउ गरेको हो। निर्मलाको न्यायिक आन्दोलनका घाइतेहरु, अधिकारकर्मीका रुपमा चिनिएकी शारदा चन्दसहित ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रशासन आउजाउमा समस्या भएपछि पक्राउ गरिएको डिएसपी रवीन्द्र पौडेलले जानकारी दिए। पक्राउ पर्नेमा चन्द, दिलिपसिंह विष्टका दाजु खडकसिंह विष्ट र सुरेन्द्र देउवासहित छन्।