बाँकेका युवा बिद्यार्थीले बुझाए, भेरी अस्पताललाई ध्यानाकर्षण पत्र
नेपालगन्ज, बाँके अनेरास्ववियु र राष्ट्रिय युवा संघ बाँकेले बिभिन्न माग राख्दै नेपालगन्ज स्थित भेरीअस्पताललाई दश सुत्रीय ध्यानाकर्षण पत्र बुझाएका छन । अस्पताल प्रशासनसंग आम सेवाग्राहीको सरोकार र चासोका विषयमा दश सुत्रीय माग राख्दै राष्ट्रिय युवा संघ र अनेरास्ववियु बाँकेले ध्यानाकर्षण पत्र बुझाएका हुन ।
अनेरास्ववियुका बाँकेका संयोजक तथा सह संयोजक क्रमशः सुरेन्द्र जंग शाह , टेकेन्द्र मल्ल तथा राष्ट्रिय युवा संघ बाँकेका संयोजक तथा सह(संयोजक क्रमश कुश्माखर बस्याल र आकाश कार्किले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रुपानन्द अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।
प्रत्यक ओपिडीहरुमा विशेषज्ञ चिकित्सकहरु अनिवार्य रुपमा बस्ने ब्यवस्था मिलाउनु पर्ने , २४ सै घण्टा USG , X-Ray , CT Scan , Pathology , इमरजेन्सी र प्रसुती सेवाहरु संचालन गर्ने , अस्पताल परिसरको बाहिर र भित्र रहेका सम्पुर्ण मेडिकल र स्वास्थ्य क्लिनिकहरु हटाई अस्पतालको फार्मेसीबाट सबै किसिमका औषधि र अस्पताल ओपिडी बाटै बिहान ९ बजे देखी साझ ५ बजे सम्म अनिवार्य रुपमा सेवा प्रदान गर्ने ब्यवस्था मिलाउनु पर्ने जस्ता आम सेवाग्राहीका चासो र सरोकारका विषयलाई लिएर ध्यानाकर्षण बुझाएको अनेरास्ववियु बाँकेका संयोजक सुरेन्द्रजंग शाहले बताएका छन् ।
ध्यानाकर्षण बुझाउने कार्यक्रममा अनेरास्ववियु र राष्ट्रिय युवा संघ बाँकेका पदाधिकारी तथा प्रतिनिधि संगै युवा तथा बिद्यार्थीहरुको समेत सहभागीता रहेको थियो । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य किशोर थापाको समेत उपस्थिति रहेको कार्यक्रममा भेरी अस्पतालका सुपरिटेन्डेन्ट रुपानन्द अधिकारीले ध्यानाकर्षण गराएकोमा धन्यवाद दिदै अस्पताल सुधारका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।
यस्तो छ ध्यानाकर्षण पत्र