वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने पक्राउ
प्रकासित मिति : २०७६ माघ २७, सोमबार १२:१३
प्रकासित समय : १२:१३
काठमाडौं, वैदेशिक रोजगारीका लागि कतार, माल्दिभ्स लगायतका देशहरुमा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग ८ लाख रुपैयाँ लिएर ठगी गरेको अभियोगमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोलुखुम्बुको दूधकौशिका गाउँपालिका–२ गैह्री घर भइ भक्तपुरको लोकन्थली बस्दै आएका ४० वर्षीय बालकृष्ण कार्की छन् । दिलिप कुमार शर्मा सहितका व्यक्तिले दिएको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले कार्कीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ ।