भीषण बर्षाले अष्ट्रेलियामा फैलिएको डढेलो नियन्त्रण
काठमाडौं ,अष्ट्रलियामा भीषण बर्षापछि महिनौंदेखि फैलिएको डढेलो नियन्त्रणउन्मुख भएको छ ।
सिड्नीमा ३० वर्षयताकै भीषण वर्षा भएको छ। वर्षापछि महिनौंदेखि फैलिएको डढेलो लगभग निभेको छ । केही महिनायता न्यू साउथ वेल्स राज्यका ठाउँठाउँमा फैलिएको डढेलोलाई वर्षाले निभाइदिएको छ। विगत ७४ दिनदेखि स्वालहेवन नगर नजिकै फैलिरहेको करोवान नामक डढेलो पनि निभेको छ। सो डढेलोले ५ सय हेक्टर क्षेत्रफल प्रभावित पार्दै ३१२ वटा घर जलाएको थियो ।
अष्ट्रेलियाली अधिकारीहरुका अनुसार बुधबारदेखि बर्षा जारी रहँदा न्यु साउथवेल्स राज्यका अधिकांश भू-भाग जलमग्न भएका छन । त्यहाँ करिव ४ सय मिलिमिटर पानी परेको छ। बर्षापछिको बाढीले सार्वजनिक यातायात अस्तव्यस्त भएको छ । रेल तथा डुङ्गा सेवा पनि अवरुद्ध भएको छ। छन्। सिड्नीको एउटा मुख्य स्टेशन सेन्ट्रलका कैयौँ प्ल्याटफर्म पानीमा डुबेका छन्।
झन्डै एक लाख घरमा बिद्युत सेवा बन्द भएको छ । भीषण बर्षापछिको बाढी घरघरमा पसेपछि हजारौं मानिस घर छाड्न बाध्य भएका छन । सिड्नीबाट २ सय जनालाई आपत्कालीन सेवाका कर्मचारीहरूले उद्धार गरेका छन । दर्जनौँ स्कूल बन्द रहेका छन्। मानिसहरूलाई सकेसम्म घरमै बस्न आह्वान गरिएको बीबीसीले जनाएको छ ।