नहरमा खसेर बालिकाको मृत्यु
प्रकासित मिति : २०७६ माघ २७, सोमबार १९:५२
प्रकासित समय : १९:५२
बागलुङ, जिल्लाको बडिगाड गाउँपालिकामा नहरमा खसेर एक बालिकाको मृत्यु भएको छ। बडिगाड ५ ग्वालीचौरमा नहरमा खसेर ४ वर्षीया सिजन विकको मृत्यु भएको हो।
घरनजिकै आफ्नी आमासँग भाँडा धुन गएका समयमा स्थानीय ग्वालीचौर जलविद्युत आयोजनाको नहरमा खसेकी बालिकालाई नहरले बगाएर २ सय मिटर तल पुर्याएको थियो। स्थानीयको सहयोगमा तत्कालै उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको छ।