जब विश्वयुद्धमा विछोडिएका दिदी बहिनी ७८ वर्षपछि भेटिए….

काठमाडौं,द्वितीय विश्वयुद्धको समय विछोडिएका दुई दिदीबहिनी ७८ वर्षपछि एक टिभी शोमार्फत भेटिएका छन् । रुसको आन्तरिक मामिला मन्त्रालयले पछिल्लो महिना दुई दिदी बहिनीबीच भएको भेटको फुटेज सार्वजनिक गरेको छ । जसमा ९२ वर्षीया यूलिया र ९४ वर्षकी रोजलिना खारितोनोवा अंगालोमा बाँधिएको देखिन्छन् ।

राेजलिना र यूलिया किशाेरअवस्थामा । तस्बिर : एजेन्सी

प्रहरीले जनाएअनुसार यूलियाको छोरीले एक टिभी कार्यक्रममा आफ्नो आमा र अन्टीको विषयमा कथा भनेकी थिइन् । त्यहि कथाको आधारमै दुई दिदी बहिनीको भेट भएको हो । दुवै दिदीबहिनी रुसको स्टेलिनग्रादमा बस्दथे । सन् १९४२ मा जर्मनी सेनाले रुसमाथि हमला गरेको थियो । जर्मनीले रुसमाथि आक्रमण गरेसँगै शुरु भएको युद्धका बेला दुई दिदी बहिनी विछोडिएका थिए ।

युद्धपश्चात उनिहरु नाजी (जर्मन सेना)को चंगुलबाट मुक्त भएका थिए । बहिनी युलिया नाजीहरुको चंगुलबाट निस्कीएसँगै रुसको उत्तरी शहर पेंजामा बस्न थालेकी थिइन् भने दिदी रोजलिना रुसको उत्तरपूर्वी शहर यूराल्मा रहन पुगेकी थिइन् । रोजलिनालाई औधोगिक मजदुरहरुले रिहा गराएका थिए ।

यूलियाको छोरीले प्रहरीबाट सहयोग लिएकी थिइन्

यति लामो वर्ष छुटिए पनि उनिहरुमा एक–अर्कोसँग भेट हुने विश्वास थियो । दुवै जना एक दिन भेट हुन्छ भन्ने आशामा थिए । यूलियाले बताएअनुसार उनि दिदी रोजलिनाको खोजी निरन्तर गरिरहेकी थिइन् । रोजलिनाले पनि आफ्नी बहिनीको खोजीमा निकै समय गुजारिन । यसपश्चात नै उनिहरुले विछोडबाट मिलाउने टिभी शोमा भाग लिएका थिए ।

नाजी सेनामाथि जित हाँसिल गरेको ७५ वर्ष

रुसमा प्रत्येक वर्षको मई ९ मा नाजी सेनामाथि जितको उत्सर्व मनाउने गरिन्छ । जसको उत्सव अत्यन्तै भव्य रहन्छ । दोस्रो विश्वयुद्धमा जर्मनीले रुसमाथि निकै ठूलो नोक्सानी पुर्याएको थियो ।

युद्धको बेला करीब २ करोड ७० लाख मानिस मारिएका थिए । दुई दिदीबहिनीको शहर स्टेलिनग्रादमा पनि २० लाख जति मानिस मारिएका थिए । त्यहाँ दुवै देशका १०/१० लाख सर्वसाधारण र सेना मारिएका थिए । फ्रेबुअरी १९४३ मा हिटलरको सेनाले आत्मसमर्पण गरेपछि युद्ध अन्त्य भएको थियो ।