अख्तियारको कदमबारे नयाँ रणनीति लिन काँग्रेस बैठक बस्दै

काठमाडौं ,पार्टी उपसभापति विजयकुमार गच्छदारलाई अख्तियारले पूर्वाग्रह साँध्दै सरकारी जग्गा अपचलनमा भ्रष्टाचार मुद्दा दायर गरेको भन्दै आन्दोलित कांग्रेसले आज आवश्यक रणनीति बनाउँदै छ ।

अख्तियारले साझा भूमिका खेल्न नसकेको आरोप लगाएको कांग्रेसले आज दिउँसो २ बजेका लागि बोलाएको केन्द्रीय समिति बैठकमार्फत आवश्यक रणनीति तय गर्न लागेको हो । गत बुधबार ललिता निवासको १ सय ३६ रोपनी सरकारी जग्गा अपचलनमा संलग्न भएको भन्दै गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग गच्छदारसहित तत्कालीन ४ मन्त्री र केही पूर्वसचिवसहित १ सय ७५ जनालाई बिशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

त्यसयता कांग्रेसले पूर्वाग्रह साँधिएको आरोप लगाउँदै सदन र सडक दुबैतर्फ आन्दोलन गर्दै आएको छ ।