चट्याङ लागेर दाङमा ३ जनाको मृत्यु

दाङ,चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ। शनिबार दिउँसो परेको चट्याङ लागेर तुलसीपुर ७ जितपुर निवासी ५१ वर्षीया लक्ष्मी आचार्य र सोही ठाउँ बस्ने ६ वर्षीया बालिका सृष्टि चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

चट्याङ लागेर गम्भीर घाइते भएका दुवै जनाको राप्ती लाइफ केयर हस्पिटल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। यस्तै घोराही उपमहानगरपालिका ११ हापुर बस्ने सूर्य बहादुर पुरीका ८ वर्षीय छोरा ताराबहादुर पुरीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

दिउँसो करिब साढे एक बजे घर आँगनमै खेलिरहेको अवस्थामा चट्याङ लाग्दा गम्भीर घाइते भएका बालकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको मृत्यु भएको प्रहरीले बताएको छ।