वडाध्यक्ष धामीको शव पोस्टमार्टमको लागी उठाउने सहमती
अछाम, हत्या गरेर फालेको अवस्थामा भेटिएका पन्चदेवल-विनायक नगरपालिका वडा-२ का वडाध्यक्ष पदम बहादुर धामीको सव उठाउने सहमति भएको छ । पिडित परिवारसंग नगरपालिका र सरोकारवालाहरुको सहमतिभए पश्चात पोस्टमार्टमको लागी सव उठाउने सहमती भएको हो ।
बिहिवार नगरकार्यपालिकाको बैठकले घटनाको सत्यतथ्य छानविनमा सहयोग गर्ने, मृतकका सन्ततिको शिक्षादिक्षा तथा राहतका लागि केन्द्र सरकारसँग माग गर्ने लगायतका निर्णय पश्चात शव उठाउन लागिएको हो ।
साथै, अनुसन्धान नटुङ्गिदा सम्म वडा र नगरका सम्पूर्ण सरकारी कामकाज बन्द गर्ने, बिनायक बजारमा वडाध्यक्ष धामीको सालिक स्थापना गर्ने, मृतकका ३ सन्तानलाई १२ कक्षा सम्म नगरपालिकाले अध्यापन गराउने, केन्द्र सरकार सँग ५० लाख राहत माग गर्ने र नगरपालिकावाट १० लाख राहत दिने निर्णय भएको नगरपालिकाका मेयर देवराज देवकोटाले जानकारी दिए ।
धामीको मँगलवार बिहान ५ बजे गैरीगाँउस्थित गोठछानामा शव फेला परेको थियो। हत्याको विरोधमा त्यसै दिनबाट विनायक बजार पूर्ण रुपमा बन्द रहेकको थियो । बुधबार दिनभर विनायकमा प्रर्दशन समेत गरीएको थियो । शव फेलापरेको ३ दिन भैसक्दासम्म पनि हत्यारा पत्ता नलागेको भन्दै आफन्तले घटनास्थलबाट शव उठाउन दिएका थिएनन् ।
प्रहरीले सीआईबी र तालिम प्राप्त कुकुरको माध्यमबाट अनुसन्धान सुरु गरेको छ। कुकुरले मृतक अध्यक्ष दिउँसो हिँडेकोबाट पहिचान गरेको स्थानियले बताएका छन्। तर उनको हत्या भएको स्थान भने कुकुरले पत्ता लगाउन सकेको छैन।

