बैदेशिक यात्रा रोकेर रोयल लण्ड्रीको शुभारम्भ,सोच बदलिएको त्यो रात

जाजरकोट कुशे ५ ढिमेका युवा टेकराज शाही केहि समय अगाडि राहदानी बोकी काठमाडौँ हान्नीए । उनलाई लाग्यो नेपालमा दिनानुदिन बडदै गएको महंगीले बाच्न गार्हो भयो अब बिदेश जानु पर्यो ।

रातभर बसको यात्रा बिभिन्न कुरा सोच्दै काठमाडौँ पुगे । जब काठमाडौँ पुगे एकाएक उनको सोचमा बदलाव आयो ।  एकोहोरो बनेको सोचलाई राजधानीसम्माको यात्राले अद्दतै मोडिदियो । बिदेश जान राजधानी हान्नीएका उनि नेपालमै केहि गर्नुपर्छ भन्ने सोचमा पुगे उमेरले २५को सरोफेरोमा पुगेका शाही नेपालमै बसेर नमुना काम गर्ने सोचमा पुगे । उनले योजना बदले पुुन कोहलपुर फर्के धेरै पटक सोचे कुन ब्यवसाय गरेर अगाडि बडदा आत्मनिर्भर भैइन्छ ।

हजारपटक सोचे बरु बिदेश जाने पैसाले सानै भएपनि ब्यवसाय गर्छु भन्नेमा पुगे ।  उनलाई लाग्यो चप्पल काराखानको शुरुवात गर्छु । समय परस्थीतिले त्यसमा पनि उपयुक्त बातावरण देखेनन । सानो लगानीमा सुरु गर्न सबैभन्दा सजिलो लन्डीको ब्यवसाय लाग्यो । एकजना साथी दिनेश रानाको सहकार्यमा बाँकेको कोहलपुुरमा सुरुवात गरे रोयल लण्ड्री अर्थात लुगा धुने ठाँउ ।

यसरी शुभारम्भ गरे ब्यवसाय

शाहीले बाँकेको कोहलपुरमा रोयल लण्ड्री लुगा धुने ठाँउको शुभारम्भ गरेका छन । स्वदेशमै केही गर्नुपर्छ भन्ने मुख्य मनसायले यो सो रोयल लण्ड्रीको स्थापना गरिएको  शाहीले बताए ।

कोहलपुर क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै सो रोयल लण्ड्री लुगा धुने ठाँउ आवश्यक रहेको भन्दै यसले पुर्ण रुपमा भने बमोजिम सर्भिस दिनेमा कुनै कसर बाँकी नराख्ने र सधै सेवामा सर्मरपित रहने शाहीले बताए ।

फ्रि डेलिभरी,फ्रि पिकअप,कोट प्वान्टमा कलर लगाईने जस्ता सेवाहरु रहेको जनाइएको छ । यो सेवालाई कोहलपुर क्षेत्रलाई समेट्ने बताइएको छ । करिब १० लाख लागतमा सो लण्ड्री स्थापना गरिएको हो । पहिलो चरणमा १ वटा धुने मेसिन र १ वटा सुकाउने मेसिन अन्य सामाग्रीबाट आफ्नो सेवा अगाडी बढेको शाहीले बताए ।