विश्वविद्यालयको शिक्षण प्रणाली भित्रका बिकृति र विद्यार्थी संगठनका एजेन्डा
हाम्रा विद्यार्थी संगठनको प्राथमिकतामाशिक्षा क्षेत्र सुधार कहिल्यै परेन हिजोको राज्य व्यवस्थाका विरुदवा राजनितिक परिवर्तनका निमित लडेको कथन गर्ने प्रवृतिअझै विद्यार्थी संगठनका नेताहरुमा हावि भएको देखिन्छ । आज देशमा राजनितिक परिर्वतन भैई देश गणतन्त्रमा प्रवेश गरिसकेको छ । तर पनि राजनितिक पाटि र यसका विद्यार्थी संगठनअझै भन्दैछौ पहिला राजनितिकअवस्था सुधार होस अनिशिक्षामा सुधार गर्नुपर्छ । जुन राजनितिक दलको पुरानै रोग हो ।
हरेक पाटि र यसका विद्यार्थी संगठनले पाटीको निति र सिदान्त संगै शिक्षालाई समेटन खोज्यौ । हामीहरुले यो कहिल्यै बुझेनौ किशिक्षाले नै राजनितिज्ञ बनाउने हो । हामीले कहिल्यै शिक्षालाई परिवर्तन गर्न जरुरी ठानेनौ, शिक्षालाई हामीले राजनिति सँग जोड्यौ तर शिक्षाले राजनितिलाई नियमनगर्छ भने कुराबुझेनौ युरोपियन देशहरुले शिक्षामा विभिन्न प्रयोग गर्दै अगाडिबढेकाछन् । हामी उहिघोकन्ते पद्धति अनुसरणगर्दैछौ ।
देशको ठुलो अनि जेठो विश्वविद्यालय त्रिभुवनविश्वविद्यालयले अङ्गालेको शिक्षानिति बेलायतबाट फ्याकिदै भारत हुदै नेपाल ल्याईएको नितिहो । जसका कारण हामी भित्र तहगत सोचले जरा गड्यो । फल स्वरुप विश्वविद्यालय कहिल्यै समय अनुसार चल्न सकेन हामीले शिक्षालाई आफ्ना राजनितिकआर्दश, सिद्धान्तअनुसार व्याख्याग¥यौ । तर कहिल्यै यसको कार्यन्वयन र दिर्घकालीन योजनादिन सकेनौ । बास्तबमाहाम्रा राजनितिक पाटीले शिक्षालाई वादी बनाएकै हुन ।
तत्कालीन माओबादी र यसको विद्यार्थी संगठनले १० वर्षे जनयुद्धमा जनबादी शिक्षाको नारा लगायो । तर आजआफै सरकार सञ्चालक र शिक्षामन्त्री स्वयम् जनयुद्ध लडेर आएका व्यक्तिशिक्षामन्त्री हुदा पनि उसले वकालत गरेको जनवादी शिक्षा कार्यन्वयनको कुनै योजना ल्याउन सकेको छैन । त्यसोत नेपाली कांग्रेसले समाजवादी शिक्षाको परीकल्पना ग¥यो । तर समाजवादी शिक्षा के हो ?कस्तो हुनु पर्छ भन्ने कुरामाआज सम्म उसले कुनै आधार नै दिन सकेको छैन ।
हाम्रा विद्यार्थी संगठनले विश्वविद्यालय सुधारको अभियानमालाग्नु पर्ने हो । तर ठिक विपरीत आज विश्व विद्यालयमा क्रियाशिल संगठनको आचरण र व्यावहारमा फरक हुदाँझनै विकृतिबढेको छ । विश्व विद्यालयमा विद्यार्थी हकअधिकार, शिक्षा सुधारमा लाग्नुपर्ने विद्यार्थी नेताहरु थेसिस दलाली, परीक्षामा अनियमितता गर्नमा व्यस्त हुदाँ विश्वविद्यालयमा झन समस्या थपिदै गएको छ ।
शिक्षादिने शिक्षकका कुराः
हाम्रो विश्वविद्यालयले अङ्गालेको शिक्षा निति घोकन्ते, रटाने र किताब केन्द्रीत छ भने पढाउने शिक्षकले पनिविद्यार्थी घोकाउनु पर्छ भन्ने मानसिकता बोकेकाछन् । शिक्षकले त यँहा समाज, सस्कृतीको यर्थात विषयबस्तुलाई प्राथमिकता दिन पथ्र्यो नकी किताबी ज्ञान, किताबमा लेखिएका कुरा स्वयम् विद्यार्थीले अध्यायन गर्न सक्छ भन्ने सम्म हेका राखेको पाइदैन । विश्वविद्यालयमा अध्यापन गराउने शिक्षक विद्यार्थी प्रति जिम्मेवार हुनु पर्ने हो । तर यँहा त ठिकउल्टो राजनितिक पाटी, दलप्रति बढि जिम्मेवार भएको देखिन्छ । हामीकाहा छिमेकी देश चिनको जस्तो न राजनितिक संरचना छ ।
नत युरोेपियन देशको जस्तो स्वतन्त्रढङ्गले पढाउने शिक्षकछन् । पंञ्चायतकालपछीदलहरुले शिक्षामाव्यापक परीवर्तन गर्ने प्रतिवद्धता गरे आज देश गणतन्त्रमापुगीसक्यो । तर शिक्षामाकुनै परिवर्तन देखिएन बरु हिजो सामाजबादी र जनबादी शिक्षाको वकालत गर्नेहरु नै संविधानमा समेटिएको सर्वसुलभ शिक्षाको धज्जीउडाउदै शिक्षाकाव्यापारी भएर मजदुर, विपन्नजनतालाई लुटिरहेका तमाम उदाहरण छन् ।
विश्वविद्यालयको शिक्षानितिः
मैले अघिनै भनिसके हाम्रो शिक्षाव्यवस्था बेलायत लगायत युरोपेलीमुलुकले प्रयोेग गरेर फ्याकेको शिक्षानितिहो । हाम्रा विश्वविद्यालयमा त्इच् कहिल्यै सस्कृति भएन, कामभन्दा बढी हामीले समयलाई महत्व दियौ । त्यसैले शिक्षक, विद्यार्थीको गुणस्तर मापन हाजिर बन्यो । हामीले शिक्षालाई व्यवस्थीत बनाउन विद्यार्थी चापलाई ख्यालगर्नु प¥थो । तर कहिल्यै गरेनौ । त्यसैले २०३२÷३३ पछिहामीले हाम्रा क्याम्पस थप्ने सम्मजमर्को गरेनौ । अझै भन्नुुपर्दा देश सङ्धियातामा गएपछि देश भित्र रहेका करीब १२ विश्वविद्यालयलाई प्रान्तियपहुचमालिने निति सरकारले लगेको छ । तर सरकार सँग यसको यथेष्ट गृहकार्य छैन । विश्वविद्यालयकहाखोल्ने ?पुर्वको पुर्वाञ्चालविश्वविद्यालयप्रदेश १ को प्रन्तियआधारमा राख्दा काठमाण्डौमा रहेका उसका सम्बन्ध प्राप्त क्याम्पस के गर्ने ? भन्ने सरकारले कहिल्यै चर्चा गरेको छैन ।
उता सबै भन्दा जेठो विश्वविद्यालय सबै कुराले सम्पन्न छ । त्यहाको भौतिक संरचना, उच्चशिक्षाका करीब ९६ प्रतिशतजनशक्ति, नेपाल सरकारको ९० प्रतिशतलगानि, आफ्नै अङ्गीकक्याम्पसहरु छन् । तर सन् १९८० को दशकमा त्रिभुवनविश्वविद्यालयले स्वयात व्यवस्थापनअङ्गीकार गरे पछि विश्वविद्यायमा राजनितिक पाटि र यसका कार्यकर्ताको हालि मुहलीबन्यो । पाटीपिच्छे विद्यार्थी संगठन, शिक्षक संगठन, प्रशासनको हालिमुहालीले त्रिभुवन विश्वविद्यालय दिनप्रतिदिन खस्किदै गयो । बिकेन्द्रीकरण कागजको खोस्टोमा सिमित रहयो । कलेज, क्याम्पसका शिक्षक, प्रमुखहरु राजनितिक भगबण्डामा नियुतिलिन थाले र विश्वविद्यालयको स्वायतता राजनितिक पाटीको सिकार भयो । त्रिभुवन विश्वविद्यालयको मात्र यो हालत होइन हाम्राअन्य विश्वविद्यालयको हविगत पनि उहि छ । पूर्वाञ्चल विश्वविद्यालयमाआजको दिन सम्मख्ऋ नियुक्ति सरकारले गर्न सकेको छैन । जसको प्रत्येक्ष असर र विश्वविद्यालयको कार्य सम्पादनमा परेको प्रष्टै देखिन्छ । यस्तो अवस्थाले हाम्रा विश्वविद्यालयले कस्तो जनशक्ति उत्पादन गर्लान ?
विश्वमा धेरै यस्ता विश्वविद्यालय छन् जहाँआफ्ना विद्यार्थीलाई सरकारका निति कार्यक्रमबारे छलफल गराउँछन्, अनुसन्धान गराउँछन् र राज्यलाई सघाउछन् । उदाहरणको लागिहाम्रै छिमेकी मुलुक चिनको सङ्घाई विश्वविद्यालयले सरकारका विभिन्न क्षेत्रमा नितिगत छलफलमाआफ्ना विद्यार्थी समावेस गर्छ । तर हाम्रा विश्वविद्यालय सरकारका निति कुर्छौ । विश्वका कैयो विश्वविद्यालयले समुदाय बिचगएर त्यहाको धर्म, सस्कृती, रितिरिवाज र सभ्याताको अनुसन्धान गर्छन् । तर हामीकाहाँ खाए खान खाए घिचको अवस्था छ । अनुसन्धान परको कुरा हाम्रो विश्वविद्यालयमा विद्यार्थीका सोध पत्र, थोसिस चोरि बिक्री हुन्छन् । अनि काहाँबाट परिवर्तन हुन्छ?
भारतको जवहरुलाल विश्वविद्यालय बिद्यार्थी राजनितिको लागिनिकै उर्वर भुमि मानिन्छ । यस विश्वविद्यालयका विद्यार्थी नेताहरु अध्यायनसिल, अनुसन्धानकर्ताका रुपमाबढिचिनिन्छन् । नेहरु विश्वविद्यालयत्यस्तो विश्वविद्यालयहो जहाँविद्यार्थीहरु बिचबिचार शृङखला, समसामयिक, राजतितिक, अनिआर्थीक विषयमाछलफल गराईन्छ र बौद्धिक खुराक देशलाई दिन्छ र पो कनैया कुमार, सहेला रसिदजस्तायुवाविद्यार्थी नेताहरु देशले प्राप्तगर्छ । हाम्रोमा हाम्रा विश्वविद्यालय र विद्यार्थी संगठन नेहरु विश्वविद्यालयजस्तो बैचारीक बहस चलाउन रुचाउदैनन् । सरकारका काम कर्तव्य, अधिकार र नितिको अनुसन्धान गर्दैनन् । बरु हाम्राविद्यार्थी नेताहरु राजनितिकआडमा विश्वविद्यालयको अनुदान, छात्रवृतिमाअनियमितता, भृष्टचार, थेसिस चोरी र परीक्षामाअनियमितता गरी पुँजिको जोहो गर्न अग्रसर हुन्छन् । यस्तो नेतृत्वबाटशिक्षामा सुधारको पहलकदमिहोलात?विश्वविद्यालयको शिक्षानिति परिवर्तन गर्न विश्वविद्यालयमा क्रियाशिल
विद्यार्थी संगठन, सरोकारवालाहरु एक ठाउँमाउभिएर सरकारलाई दबाबदिन जरुरी छ । हिजो राजनितिक परिवर्तनका लागि लडेका विद्यार्थी संगठनले अबशिक्षा सुधारका लागि लडन जरुरी छ । विद्यार्थीको अधिकार सुनिस्चताका लागिआफु संगठनमा लागेको बताउने नेताहरुले क्याम्पससका गेट कुरेर वर्षौ सम्म स्वतन्त्र विद्यार्थी युनियनको चुनावको मितिमा थिमिति कुर्ने किशिक्षा परिवर्तनको निम्ति पनि लडने ?अव सोच्न जरुरी छ । शिक्षानिति परिवर्तनका लागि पठन पाठन र परिक्षा प्रणालीमा पुनरबिचार गर्न जरुरी छ । अनिमात्र नेतृत्वजन्मन छ । बिचारको पहिचानहुन्छ । त्यसैले चुनौतिलाई सामाना गरौ, सोच्ने सैलिमा परिवर्तन गरौ, हाजिर कापीले गुणस्तर होइन। त्इच् प्रणालीको विकाश गरौ, युवाविद्यार्थीबिचहाम्रो शिक्षानितिको बारे बहस गरौ । हाम्रा विश्वविद्यालय व्यवस्थापन गर्न सजिलो छ । गाह्रो छ त केवलबिचार फेर्न त्यसैले आउनुहोस सम्पूर्ण सरोकारवाला बिचार फेरौ विश्वविद्यालय सुधार तिर लगौ ।
(लेखकः नेपाल कर्मस क्याम्पसमिनभवनकाविद्यार्थी नेताहुन ।)