एक साथ ८ एसपीको सरुवा

काठमाडौँ , प्रहरी प्रधान कार्यालयले ८ जना एसपीको काज सरुवा गरेको छ । यसअघि चितवनमा सरुवा भएपनि रमाना नपाएकी प्रहरी उपरीक्षक गंगा पन्तलाई जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको छ ।

चितवनमा एसपी नातीराज गुरुङलाई पठाइएको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले इकान्तिपुरलाई बताए।यस्तै, बारामा कृष्णप्रसाद पंगेनी र पूर्वी नवलपरासीमा दीपक रेग्मीलाई सरुवा गरिएको छ।

महानगरीय प्रहरी परिसरमा काठमाडौंमा सोमेन्द्र सिं राठौर, दंगा नियन्त्रण गण सुनवलमा विकासराज खनाल, गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीमा मोहनप्रसाद पोखेरललाई जिम्मेवारी दिइएको छ।प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखामा एसपी अशोक सिंहलाई ल्याइएको छ।