नेपालगन्ज उपमहानगरपालिकाका अधिकृत दुर्घटनामा घाइते
प्रकासित मिति : २०७६ माघ २०, सोमबार १६:५२
प्रकासित समय : १६:५२
नेपालगन्ज ,नेपालगन्ज उपमहानगरपालिकाका दुई जना अधिकृत दुर्घटनामा घाइते भएका छन् ।
स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत र अर्का अधिकृत गणेश कार्की सवार भे ६ प ७५२५ नम्बरको मोटरसाईकललाई भेटनरी कार्यालयको भे १ झ ३०४ नम्बरको गाडीले गनेशमान चोकमा सोमबार बिहान १० बजे ठक्कर दिएको हो।
दुर्घटनामा परि बस्नेत र कार्की घाइते भएका छन् । कार्कीको बायाँ खुट्टा र हातमा चोट लागेको छ भने बस्नेतको बायाँ खुट्टा र दाहिने हात फ्याक्चर भएको छ। घाइते बस्नेत र कार्कीको अहिले नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ।
नेपालगन्ज उपमहानगरपालिकाबाट सिमा नाका जमुनहामा रहेको नोबेल कोरोना भाइरस चेकजाँच डेस्क कक्षको ब्यबस्थापन गर्न जाँदै गर्दा दुर्घटना भएको हो।