यातायात अधिकृत १३ हजार घुससहित पक्राउ

काठमाडौं,यातायात व्यवस्था सेवा कार्यालय सानो भर्‍याङका अधिकृतसहित २ जना घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले सवारी कर र प्रदुषबापको रकम तिर्नका लागि १३ हजार रुपैयाँ घुस लिने शाखा अधिकृत शिवलाल पौडेल र घुस रकम दिने सेवाग्राही दीपक खतिवडालाई पक्राउ गरेको हो ।

अख्तियारले दुवै जनालाई आइतबार यातायात व्यवस्था सेवा कार्यालय सानो भर्‍याङ परिसरबाटै पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।