भारतको २०२० को संघीय बजेट भाषण सुरु
प्रकासित मिति : २०७६ माघ १८, शनिबार १७:३०
प्रकासित समय : १७:३०
भारत, भारतको संघीय सरकारको आर्थिक वर्ष २०२०/२१ को बजेटको भाषण सुरु भएको छ ।
भारतीय वित्तमन्त्री निर्मला सितारमणले आफ्नो कार्यकालको दोस्रो बजेट संसदको संयुक्त सत्रमा शनिबार प्रस्तुत गरी सम्बोधन सुरु गरेकी हुन् ।
महिला अर्थमन्त्रीको रुपमा लगातार दोस्रो बजेट ल्याउने सीतारमण पहिलो अर्थमन्त्री हुन् । सन् २०१९र२० मा मन्दीको संकेत देखिएको भारतीय अर्थतन्त्रलाई बजेटले मन्दीबाट माथि उठाउने चुनौती भएकोले पनि यो बजेटलाई थप महत्वपूर्ण मानिन्छ ।
शुक्रबार राष्ट्रपति रामनाथ कोविन्दले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यही नीति तथा कार्यक्रमलाई पूरा गर्ने किसिमको बजेट शनिबार प्रस्तुत गर्न सुरु गरिएको हो ।