बाँके र बर्दियालाई कर्णालीमा समायोजन गर्न माग गर्दै निकालियो दबाब र्‍याली

नेपालगन्ज,बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्न माग गर्दै नेपालगन्जमा दबाब र्‍याली आयोजना गरिएको छ ।  बाँके बर्दियालाई कर्णाली प्रदेशमा समायोजनको माग गर्दै नेपालगन्जमा शान्तिपूर्ण रुपमा दबाब र्‍याली निकालिएको हो ।

बाँके होटेल तथा रेस्टुरेन्ट ब्यवसायी संघ नेपालगन्जको आयोजनामा बसपार्कबाट निकालिएको र्‍याली पुस्पलाल चोक, धम्बोझी चोक हुँदै बिपि चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । दबाब र्‍यालीमा बोल्दै अधिकाँश बक्ताहरुले बाँके र बर्दियाको लागी कर्णाली नै उपयुक्त रहेको जिकिर गरेका थिए । बुटवल तथा दाङ राजधानी बाँके र बर्दियाको लागी मान्य नहुने र त्यसको लागि बाँके बर्दियाले आन्दोलन गरेरै भएपनि कर्णाली प्रदेशमा समायोजन हुनुको विकल्प नरहेको समेत बताएका छन् ।