प्रहरी चौकीआक्रमण गर्न पुगेका १३ विद्रोही यसरी मारिए

बुर्किना, बुर्किना फासोमा त्यहाँको प्रहरीले विद्रोहीविरुद्ध जारी राखेको कारबाहीका क्रममा परी कम्तीमा पनि १३ जना जिहादी विद्रोही मारिएका छन् । यहाँको एक स्थानीय प्रहरी कार्यालयमा आक्रमण गर्ने प्रयासमा रहेका ती जिहादीमाथि प्रहरीले गरेको कारबाहीमा परी ती ‘आतङ्ककारी’ मारिएका अधिकारीले जनाएका छन् । शुक्रबार भएको सो कारबाहीमा परी सुरक्षाकर्मीतर्फ भने एक जना प्रहरी मारिएका र अरु सात प्रहरी घाइते भएका प्रहरीले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

आक्रमणकारी जिहादीले प्रयोग गरेका हातहतियार, मोटरसाइकल र जिपीएसलगायतका साधनहरु घटनास्लथबाट प्रहरीले नियन्त्रणमा लिएको छ । देशको खराब अवस्था, कमजोर सुरक्षा व्यवस्थालगायतका कारणले देशमा भइरहेको जिहादीको हिंसा नियन्त्रण गर्न बुर्किन फासोको प्रहरीलाई गाह्रो भएको बताइएको छ ।

हिंसात्मक गतिविधि गरिरहेको सो जिहादी समूह अलकायदा र इस्लामिक स्टेट आइएससँग पनि नजिक रहेको बताइएको छ । यिनीहरुले बुर्किन फासोसँगै माली नाइजरलगायतका देशहरुमा केही वर्षदेखि हिंसात्मक गतिविधि गर्दै आइरहेका छन् । रासस–एएफपी