चीनकाे हुवेइमा रहेका सबै नेपालीलाई जहाज चार्टर गरेर नेपाल ल्याइने

काठमाडौं, कोरोना भाइरसबाट प्रभावित चीनको हुवेइ प्रान्तमा रहेका सबै नेपालीलाई जहाज चार्टर गरेर नेपाल ल्याइने भएको छ । बेइजिङमा रहेको नेपाली दूतावासले शनिबार सूचना निकालेर हुवेइमा भएका सबै नेपालीलाई नेपाल फर्काउन जहाज चार्टर भैरहेकोले तत्कालै फाराम भर्न आग्रह गरेको छ ।

फाराम भरेका बाहेक अन्यलाई नेपाल नपठाउने भएकाले सबैलाई फारम भर्न दूतावासले भनेको छ । फेब्रुअरी २ तारिख अर्थात् आइतबार बिहान ९ बजेसम्म फारम भर्ने म्याद तोकिएको र फारम भर्नेको संख्या हेरेर जहाज चार्टर गरिने सूचनामा उल्लेख छ । वी च्याटलगायतका सामाजिक सञ्जालमा आएका अन्य सूचनाले अफवाह फैलाउन सक्ने भएको तथा दूतावासको सूचना नै आधिकारिक भएकाले त्यसै अनुसार गर्न पनि दूतावासले भनेको छ ।